सबै पोस्टहरूमा फर्कनुहोस्
Personal Finance
2 मिनेट पढाइ
sukambasi
sukambasi

काठमाण्डौ घुम्न आउंदा मलाइ यो शहर गज्जव रहेछ भन्ने लाग्यो

ओहो कहां गए होलान ति मानिस जो सडकपेटीमा ठेलमठेल गरिरहेका भेटिन्थे । मानिसहरुको आम्दानी वढेको हो या निम्न मध्यमवर्ग काठमाण्डौवाट विस्थापित भएको हो ?

Pitamber Gautam

Pitamber Gautam

Account Officer at Nepal TelecomFacebook

सेयर

शैक्षिक सामग्री: यो लेख लगानी वा व्यापार सल्लाह होइन। निर्णय अघि आफैं अनुसन्धान गर्नुहोस्। पूर्ण अस्वीकरण पढ्नुहोस्

लगभग 10 12 वर्ष अगाडीको कुरा हो- काठमाण्डौ घुम्न आउंदा मलाइ यो शहर गज्जव रहेछ भन्ने लाग्यो । गज्जव यस अर्थमा कि मैले देखें यो शहरमा हरेक खाले मानिसहरु वांच्न सक्ने रहेछन, आ आफ्नो गच्छे अनुसार । वटुवाहरु हिंडनका लागी वनाइएका सडकपेटी भरि एकथरी मानिस पसल थाप्थे । तिनका ग्राहक आम्दानी कम हुने तथा मध्यमवर्ग जो सकि नसकि आफ्ना सन्तानका लागी यो शहरमा संघर्ष गर्छन, उनीहरु हुन्थे शायद । ओहो ठेलमठेल भिड । जता हेर्नुस सडकभरी मान्छे नै मान्छे । म सोच्थें, नेपाल मात्र एउटा देश होला जसको क्यापिटल सिटीमा हरेक तह र तप्काका मानिसहरु यसरी अटाएका छन । मलाइ खुसी लाग्थ्यो कि सामाजिक असमानता यो शहरमा निक्कै कम रहेछ भन्ने जानेर । यस अर्थमा मलाइ काठमाण्डौ सांच्चै नै युनिक लाग्थ्यो ।

विकाशको परिभाषा हरेक मानिसका लागी फरक फरक हुन्छ, शायद । कसैका लागी ठुलो सडकमा विना अवरोध गाडी कुदाउनु विकाश लाग्ला कसैका लागी सकि न सकि दुइ छाक टार्दा र अरुले चडेको गाडी हेर्दै आफ्नो सन्तान पनि कुनै दिन यसै गरि हिंडनेछ भन्ने सोच्दा विकाश भएको लाग्ला अनि कसैका लागी विकाश चाक्ला फुटपाथमा विना अवरोध मर्निङ इभिनिङ वाक गर्दा महशुश होला । यति धेरै विविधतायुक्त समाजमा वस्ने हाम्रो सोच फरक फरक हुनु स्वभाविकै हो ।

केही समय अगाडी म भारतको पाण्डीचेरी गएको थिएं । वैशाख महिनाको टन्टलापुर घामले वलेको शहरमा हेर्न लायक फ्रेन्च कोलोनी र समुद्रको किनार रहेछ । दिक्दार मानेर हाम्रो टुरिष्ट गाइडलाइ फर्किन अनुरोध गर्दा उनीहरुले हामीलाइ त्यहांको रात्री जिवन हेरेर मात्र फर्किन सुझाए । जव सांझ पर्न थाल्यो, यहांको रौनक हेर्न लायक हुन थाल्यो । सडकभरी मानिसको भिड, अनि स्ट्रिट फुडको मज्जा, ओहो पाण्डीचेरीका लागी विकाश त यो पो रहेछ । सुकुम्वासीका टहरामा वुलडोजर चल्दै गर्दा मलाइ पुराना ति दिन याद आए । काठमाण्डौका सडकपेटी अहिले फराकिला भएका छन, जता हेर्यो खाली नै खाली । ओहो कहां गए होलान ति मानिस जो सडकपेटीमा ठेलमठेल गरिरहेका भेटिन्थे ।

मानिसहरुको आम्दानी वढेको हो या निम्न मध्यमवर्ग काठमाण्डौवाट विस्थापित भएको हो, म यसै भन्न सक्दिन तर अहिले काठमाण्डौको त्यो युनिकनेस कतै हराएको महशुश हुन्छ मलाइ । सडकवत्तीले झिलिमिली हुने हाम्रो शहर 9 वज्दा नवज्दै सुतिसक्ने रहेछ । अनि मलाइ लाग्छ, शायद काठमाण्डौका लागी विकाश यही हो जहां सत्ता निम्न मध्यमवर्गलाइ खेदेर नागरिकलाइ 9 वजे नै सुताउंदा आनन्द मान्छ । हजुरहरु लाइ के लाग्छ ? सामाजिक दृष्टीकोणवाट हेर्दा आजको काठमाण्डौ कुरुप छ कि हिजो थियो ? भन्नुस न है .....

शुभप्रभात मित्रजन

नेपालको शेयर बजार चार्टमा गिरावट देखाउँदै निराश लगानीकर्ता र वित्तीय तनावको प्रतीकात्मक दृश्य
Personal Finance
अद्यावधिक: २०२६ मे २६

के साच्चै बनिन्छ त शेयर बाट करोडपति ?

नेपालको शेयर बजारको वर्तमान अवस्था, लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास, तरलता संकट तथा दीर्घकालीन लगानी रणनीतिबारे अनुभवसहित महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको लेख।

लेखक: Pitamber Gautam
नेपालको शेयर बजारमा पूँजीगत लाभ कर सम्बन्धी अवधारणा देखाउने वित्तीय ग्राफ र स्टक ट्रेडिङ स्क्रिन
Personal Finance
२०२६ मे २५

पुजीगत लाभकर सम्बन्धि ब्यबस्था ( Provision For Capital Gain Tax)

नेपालको कर ऐन अनुसार पूँजीगत लाभ कर के हो, शेयर कारोबारमा यो कसरी लाग्छ, र नाफामा ५% कर कसरी गणना हुन्छ भन्ने सरल र स्पष्ट जानकारी यस लेखमा प्रस्तुत गरिएको छ।

लेखक: Pitamber Gautam
AdvertisementAdSense Slot
(horizontal)